नेकपाले टुुङ्ग्यायो उम्मेदवार, राजेन्द्र पाण्डे धादिङ १
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डे आगामी प्रतिनिधिसभाको निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । यस अघिको निर्वाचनमा पनि पाण्डे सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
त्यतिबेला निकटतम प्रतिस्पर्धी भूमिप्रसाद त्रिपाठी (एमाले)ले २७ हजार ९ सय ५३ र हिमेश पन्त (रास्वपा)ले १२ हजार ४ सय ७५ मत ल्याउँदा पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका थिए ।
आगामी निर्वाचनमा रास्वपाले उक्त निर्वाचन क्षेत्रको लागि आशिका तामाङलाई अघि सारेको छ । उनको नाम सार्वजनिकपछि रास्वपा नेता तथा कार्यकर्ताबीच विवाद उत्पन्न भएको छ ।
एमालेले सोही क्षेत्रमा यसअघिका उम्मेदवार भूमि त्रिपाठीलाई उठाउने निर्णय गरेको छ ।
टिप्पणीहरू