राजीनामा दिएर रास्वपातिर खुले बब्लु, जगदिशकाे पनि तयारी
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा खुल्दै आएका गुप्ताले हिजै राजीनामा दिएको बुझिएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाबाट उम्मेद्वार बन्न लागेको चर्चा छ । पार्टीले जनकपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन हिजै त्यहाँ पुगेका गुप्ता आज बिहान बालेन साहसँगै सहिदस्मृति कार्यक्रममा पुगेका थिए ।
गत कात्तिक ९ गते मन्त्री नियुक्त भएका गुप्ता पछिल्लो समय 'फेक कार्यक्रम'को लागि अमेरिका जान लागेको भनेर विवादमा परेका थिए । सो घटनाबाट असन्तुष्ट बन्न पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट बैठकमै 'तिमी' भन्दै नैतिकता प्रदर्शन गर्न आग्रह गरेको बताइन्छ ।
त्यस्तै, सञ्चारमन्त्री जगदिश खरेलले पनि राजीनामा दिने तयारी गरेका छन् । ललितपुरकाे शहरी २ नम्बर निर्वाचन क्षेत्रबाट उठ्न उनी रास्वपा नेताहरुसँग संवादमा रहेको जानकार स्रोत बताउँछ ।
टिप्पणीहरू