पाकिस्तानमाथि भारतीय आक्रमणपछि सिंहदरबारमा सुरक्षा बैठक तारन्तार
जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावले नेपालमासमेत चिन्ता थपिएको छ । दुई छिमेकीको लडाईंले नेपालमा पर्नसक्ने प्रभाव र अपनाउनुपर्ने सतर्कताबारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को ३८ औं बैठक बसेको छ ।
त्यसअघि आजै गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा मुख्यसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आईजीपी दीपक थापा, …