प्रधानमन्त्री दिल्ली जाने खबर सुनाए मुख्यमन्त्रीले
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणबाट स्वदेश फर्केका छन् । वैशाख १६ गते १० सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौंबाट नयाँ दिल्ली गएका उनी लखनऊ हुँदै स्थलमार्गबाट हिजो धनगढी फर्केका हुन् ।
यसवीच उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतसँग भेटेका थिए । आदित्यनाथसँगको भेटमा मुख्यमन्त्री शाहले पश्चिम सेती जलविद्युत् आयोजनाको डीपीआर र पञ्चेश्वर जलविद्युत् आयोजना,वेतन कर्णाली,फुकोट कर्णाली र मुगु कर्णालीको सम्भावना अध्ययन प्रतिवेदनबारे छलफल गरेको बुझिएको छ ।
गौरीफन्टा नाकाबाट नेपाल आउँदा उनलाई माला र खादा लगाइएको थियो ।
भारतीय विदेश राज्यमन्त्रीसङ्ग समेत भेटेका उनले अब छिट्टै प्रधानमन्त्री केपी ओलीको भ्रमण हुने र सो को तयारी भैरहेको सूचनासमेत दिएका छन् ।
टिप्पणीहरू