पतञ्जलीका मुख्यपात्रको अर्को पनि अपराध
जसरी सहकारी प्रकरणका नाइके जिबी राई फरार छन्, उसैगरी पतञ्जली जग्गा प्रकरणमा मुछिएका शालिग्राम सिंहको भागभाग छ । सोही प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्दा पूर्वप्रधानमन्त्री, मुख्यसचिवदेखि सचिवहरूलाई गुमराहमा पारेर काम फत्ये गराउने सिंहविरुद्ध अर्काे पनि मुद्दा चलाउने तयारी भइरहेको छ ।
धनुषाको एउटा सामान्य परिवारमा जन्मिएका शालिग्रामको नक्कली प्रमाणपत्रउपर अख्तियारले छानबिन गरिरहेको छ । कांग्रेस नेता विमलेन्द्र निधिमार्फत् नेपाल इ…