लमजुङ र कास्कीमा पहिरो : तीनको निधन, चार बेपत्ता
कास्कीका विभिन्न ठाउँमा गएको पहिरोमा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएको पहिरोले प्रकाश रानाभाटका १३ वर्षीया छोरी आयुष्मा रानाभाटको मृत्यु भएको छ । उनकी आमा ७० वर्षीया लालमाया बन्जाडीको उद्धार गरिएको छ ।
पोखराको आरुपाटामा खसेको ढिस्कोले हरि सुनारका तीन वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ । उनी श्रीमती २७ वर्षीया ऋतु गम्भीर घाइते छिन् । नौ वर्षीया छोरी अञ्जली सुनारको सकुशल उद्धार गरि…