अदालतमा यस्तो खेलाँची अचाक्ली
अन्यायमा परेकालाई न्याय दिनुपर्ने अदालतले नै अनेक नाममा दुःख दिन थालेपछि पीडित न्याय खोज्न कहाँ जाने ? न्याय माग्दै अदालतको ढोका ढक्ढकाउँदा ढक्ढकाउँदै थकित भइसकेकी आस्था बस्नेतको प्रश्न हो यो ।
सरकारको कर्मचारीबाट यौन हिंसा पीडित उनलाई अदालतले पनि धुरुक्कै बनाएको छ । लगातार पेशी स्थगित हुँदा साह्रै तनाव छ । बलात्कारजस्तो संवेदनशील मुध्दालाई अदालतले हलुका रुपमा लिएको आस्थाको गुनासो छ ।
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेल…