एसईईको नतिजा प्रकाशनमा समय अभाव
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने भएको छ । बोर्डले आज नतिजा प्रकाशन गर्ने तयारी गरेपनि समय अभावका कारण भोलि मात्र सार्वजनिक गरिने जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भोलि बिहानसम्म नतिजा सार्वजनिक गरिने जानकारी दिए । उनले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएपनि समय अभावका कारण बैठक बस्न नसकिएकोले भोलि बिहान सार्वजनिक हुने बताए ।
परीक्षक नियन्त्रक पौडेल भन्छन्, ‘आज नतिजा प्रकाशन गर्ने तयारी थियो । तर, समय अभावका कारण बैठक बस्न भ्याइएन । त्यसैले, भोलि बिहानसम्म नतिजा सार्वजनिक गरिनेछ ।’
गत चैतमा सञ्चालित एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए । यो वर्षदेखि लेटर गे्रडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गर्न लागिएको छ । जसअनुसार परीक्षामा उत्तीर्ण हुन अनिवार्य ३५ अंक ल्याउनैपर्छ ।
टिप्पणीहरू