सेनापति बित्दा यस्तै हुन्छ सलामी ?
घर जान लागेका प्रधानसेनापतिको झाँको झारिएको छ, शशीभवनमै भूपू जर्नेलहरूद्वारा । अनि, जाने दिन आउनै लाग्यो, देशदौडाहा गरेर बिदावारी हुने सुरसार छैन ।
जेठ २ गते बुधवार पूर्वसेनापति धर्मपालबरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भयो । सेनापतिमात्रै हैन, अवकाशप्राप्त जर्नेल, कर्णेलको निधन हुँदा पनि दर्जाअनुसार सम्मानस्वरुप सलामी गारद अर्पण गरिने प्रचलन छ । तर, तत्कालीन शाही नेपाली सेनालाई २०५२ जेठदेखि २०५६ वैशाखसम्म नेतृत्व गरेका धर्मपालबरसिंह थापाको निधनमा त्यस्तो विशेष सम्…