पतञ्जलीको जग्गा हेर्न काभ्रे पुग्यो सिआइबीको टोली

पतञ्जलीको जग्गा हेर्न काभ्रे पुग्यो सिआइबीको टोली

भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठको जग्गासम्बन्धी अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली काभ्रे पुगेको छ । ब्युरोका एसपी होविन्द्र बोगटी नेतृत्वको तीन सदस्यीय टोली आज त्यता गएको हो । 

पतञ्जली योगपीठ जग्गाबारे सिआइबीले सुक्ष्मरुपमा अनुसन्धान थालेकाे एसपी बोगटीले जानकारी दिए । उनले भने, 'तीन जनाकाे टाेली यहाँ (काभ्रे) आएका छौँ, अब केही दिन जग्गाको सम्बन्धमा सरकारले गरेका पुराना निर्णय र कागजातबारे विस्तृत अध्ययन गदैैछौ।' 

पतञ्जली योगपीठले हदबन्दी छुट पाएको ३५३ रोपनी जग्गा अपचलन गरेको आरोप छ । यसअघि सार्वजनिक लेखा समितिले पनि जग्गासम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिइसकेको छ । 

समितिले हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेख्दै पतञ्जली योगपीठको जग्गा खरिद र बिक्रीको प्रयोजन खुलाएर कागजत उललब्ध गराउन भनेको थियाे ।

टिप्पणीहरू