विद्यालय र घरको फोहोर सडकमा

विद्यालय र घरको फोहोर सडकमा

वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा फोहोर फालेको एक विद्यालयलाई कारबाही गरेको छ । वडा नम्बर १२ मा रहेको कादम्बरी एकेडेमी स्कुललाई सडकपेटीमा फोहोर फालेको आरोपमा महानगरले जरिवाना तिराएको छ ।

स्कुललाई कारबाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ । अन्य दुई जनालाई पनि कारबाही गरिएको छ । घरबाट निस्किएको फोहोर सडकमा फालेका स्थानीय सुनिलप्रसाद रौनियार र आश्मा खातुनालाई एक÷एक हजार रुपैयाँ जरिवाना तिराइएको हो । 

उनीहरुलाई यस्तो कार्य पुनः नगर्न सचेत गराइएको छ । महानगरले पछिल्लो समय सडकपेटीमा फोहोर फाल्नेमाथि तीव्र रुपमा कारबाही गर्दै आएको छ ।

टिप्पणीहरू