प्रचण्डलाई पेरिस डाँडामा कुर्नेहरु हेरेको हेर्यै
माओवादी केन्द्रको मुख्यालय कोटेश्वर पेरिस डाँडामा भेला भएका एक हजार बढी नेता तथा कार्यकर्ता तितरबितर भएका छन् । मध्यान्हदेखि उनीहरुलाई प्रधानमन्त्रीले संसद बैठकपछि पार्टी मुख्यालयमा आएर सम्बोधन गर्ने भनी बोलाइएको थियो ।
त्यसरी गएका परिचित नेताहरुमा मातृका यादव, झक्कु सुवेदी,पम्फा भुसाल, सत्या पहाडीलगायत थिए । एक नेताले जनआस्थालाई बताए, ‘संसदलाई सम्बोधन गरेर प्रधानमन्त्री दिउँसो ३ बजे पार्टी अफिसमा आउने कार्यक्रम थियो । अहिले नआउने भन्ने खबर आएकोले सबै लाखापाखा लागे…