मन्त्री बन्ने दौडमा पति पत्नी नै बूढानीलकण्ठ
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर सरकारमा जाने तरखरमा रहेको नेपाली काँग्रेसमा मन्त्रीका आकांक्षीहरुको दौडधुप चलिरहेको छ । सरकार गठनको औपचारिक प्रक्रिया शुरु हुनै लाग्दा मन्त्री खाने रहरमा रहेकाहरु विभिन्न पक्षीय भेटघाट र दौडादौडमा छन् ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल काँग्रेसमा सभापति शेरबहादुर देउवाबाहेक सबै मन्त्रीको आकांक्षी रहेको बताइन्छ । उपसभापति र महामन्त्रीहरु सके आफैँ सरकारमा नेतृत्व गरेर जाने, नभए आफ्नो पक्षका सांसदलाई मन्त्री बनाउन देउवाल…