सुरक्षा प्रमुखको हुलै चितवन चलान
चार वटै सुरक्षा अंगका हाकिमसहित १५ जनाको टोली चितवनतर्फ लागेको छ । आज दिउँसो नेपाली सेनाको स्काई ट्रक एनए ०६४ मा टोली काठमाडौँबाट भरतपुरतर्फ प्रस्थान गरेको हो ।
उक्त टोलीमा गृहसचिव एकनारायण अर्याल,नेपाली सेनाका रथी अशोकराज सिग्देल,नेपाल प्रहरीका आइजीपी वसन्त कुँवर, सशस्त्रका आइजीपी राजु अर्याल,मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत छन् ।
चितवन प्रस्थान गर्नुअघि गृह सचिव र सुरक्षा निकायका प्रमुखहरु गृहमन्त्री रवि लामिछानेको औपचारिक बिदाई समारोहम…