कांग्रेसमा मन्त्रीको तानातान शुरु,इतर खेमालाई चार वटा चाहियो
नेपाली कांग्रेसकाे संस्थापन इतर समूहले कम्तिमा चार वटा मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग राखेको छ ।
विशालनगरस्थित शेखर कोइराला निवासमा आज बसेको सो खेमाको बैठकले सभापति शेरबहादुर देउवासँग चार वटा मन्त्रालय माग्ने निर्णय गरेको हो । बैठक स्रोतका अनुसार नाम चयन गर्ने जिम्मा कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई दिइएको छ ।
बैठकमा कोइराला,गुरुङ, थापासहित सहमहामन्त्री बद्री पाण्डे,जीवन परियार, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी,दिलेन्द्र बडू,मिनेन्द्र रिजाल,चन्द्र भण्डारीलगायत सहभागी थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर काँग्रेस चार महिनापछि सत्तामा फर्किंदै छ । दुई दलबीच भएको भागबण्डाअनुसार कांग्रेसको भागमा १० वटा मन्त्रालय परेको जनाइएको छ । त्यसैका आधारमा कांग्रेसभित्रको 'प्रतिपक्षी समूह' ले चार वटामा दावी गरेको हो ।
टिप्पणीहरू