मध्यमर्स्याङ्दीका कारण स्थानीयबासी तनावमा
सन २००० मा शुरु भएर २००५ मा सम्पन्न गर्ने भनिएको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत परियोजना अनेक बहानामा तीन वर्ष ढिलो सम्पन्न भएको थियो । शुरुमा लागत १३ अर्ब भनियो तर परियोजना सम्पन्न हुँदा २७ अर्ब २० करोड पुगेको देखाइयो ।
लमजुङ जिल्लाको पहिलो र ठूलो उक्त परियोजनाबाट हिउँदको समयमा विद्युत उत्पादन घटेर २४ देखि २५ मेगावाटसम्म झरेको पाइन्छ । ३५÷३५ मेगावाट क्षमताका दुईवटा टर्बाइन रहेको परियोजनाले कम उत्पादनसँगै स्थानीयलाई थप पिडा दिएको बताइन्छ ।
जलवि…