गुरुआमामाथि यति ठूलो गद्दारी
नेपालीमा एउटा चर्चित उखान छ, ‘जो चोर, उसैको ठूलो स्वर’ । सो उखान धरानस्थित दिल्ली पब्लिक स्कूल (डिपिएस) मा कार्यरत एक शिक्षकसँग मिल्दोजुल्दो छ । एउटी महिला शिक्षिकासँग पैसा सापटी लिएर वर्षौंसम्म पनि फिर्ता नदिएका शिक्षक राहुल राईले उल्टै धम्काउने गरेको पाइएको छ ।
भारतबाट नेपाल आएर दुःख गरी कमाएको पैसा फिर्ता नदिएपछि शिक्षिका अनुपमा बरुवाले चित्त दुखाएकी छन् । कोरोना महामारीको जटिल अवस्थामा दिएको रकम फिर्ता नपाउँदा उनलाई व्यर्थै सहयोग गरिएछझैं महसुस …