रुकुम बाढी अपडेट : तीन बालिकाको शव निकालियो

रुकुम बाढी अपडेट : तीन बालिकाको शव निकालियो

रुकुम पश्चिममा राति आएको बाढीले पुरेका तीन बालिकाको शव फेला परेको छ । आठबिसकोट नगरपालिका–१२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ ।

राति सुतिरहेका ती बालिकाको बाढीले टहरा बगाउँदा ज्यान गएको हो । निधन भएकामा १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्की हुन् ।

बाढीले घर बगाउँदा बेपत्ता ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी जारी छ । घाइते १२ वर्षीया विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामीको उपचार भइरहेको छ ।

टिप्पणीहरू