प्रचण्ड सरकार ढल्न लागेसङ्गै ‘र’ का नेपाल प्रमुख घर फिर्ता
भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख राघव भट्नागर नयाँ दिल्ली फर्केका छन् । अघिल्लो बिहिबार नै फर्कने योजनामा रहेका उनी आज नेपाल एअरलाइन्सको जहाजबाट दिउँसो बल्ल गएका हुन् ।
उनको स्थानमा अंशुल शर्मा गत साता नै काठमाडौं आएर जिम्मेवारी वहन गरिसकेका छन् । तीन वर्षअघि भट्नागर झैँ यस पटक शर्मा पनि नेपालमा बढ्दो राजनीतिक उथलपुथलबीच जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् ।
"नेपाली काँग्रेस र एमालेको नयाँ समीकरणसहित अर्को सरकार गठन प्रक्रिया प्रारम्भ भएपछि भट्नागर स्वदेश फर्केका हुन् ।"
नेपाली काँग्रेस र एमालेको नयाँ समीकरणसहित अर्को सरकार गठन प्रक्रिया प्रारम्भ भएपछि भट्नागर स्वदेश फर्केका हुन् । यसअघि २०७८ वैशाखमा राजनीतिक संकट चुलिएका बेला अभिजित हल्दरको ठाउँमा भट्नागर काठमाडौं आएका थिए ।
टिप्पणीहरू