नौबिसे–मलेखु सडकखण्ड बन्द हुँदै

नौबिसे–मलेखु सडकखण्ड बन्द हुँदै
सुन्नुहोस्

पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड बन्द हुने भएको छ । उक्त सडकखण्डमा पर्ने गणेश, डांगडुंग, खेस्टे र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकोले आजबाट साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको हो ।  

नागढुंगा–मुग्लिङ सडक आयोजनाले एक सूचना प्रकाशित गर्दै सडक प्रयोगकर्ताहरुलाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बन्द गर्न लागिएको जनाएको छ । तर, एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन भने चल्न दिइनेछ । 

सडक योजनाले सवारी चालकहरुलाई आफ्नो लेन अनुशासन कायम गर्न र जथाभावी ओभरटेक नगर्न समेत अनुरोध गरेको छ । त्यस्तै, वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने पनि जनाइएको छ ।

टिप्पणीहरू