नारा लगाउँदा समातिए, छुटेपछि विदेश उड्ने तरखर
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा समातिएका तीनैजना छुटेका छन् ।
कार्यक्रम बिथोल्ने नियतका साथ हुलहुज्जत गरेको आरोपमा काठमाडौँ प्रहरीले कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएको थियो । उनीहरु आज धरौटीमा रिहा भएका हुन् ।
प्रहरीले तीनै जनाविरुद्ध म्याद थप गरी मुद्दा चलाउने तयारी गरिरहँदा संसददेखि सडकसम्म चर्…