नवनियुक्त मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्य सचिव नियुक्त हुनु भएकोमा एकनारायण अर्याललाई बधाई दिनुभएको छ । उहाँले नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न, कर्मचारी प्रशासन चुस्त राख्न नयाँ मुख्यसचिव सफल हुने विश्वास राख्दै बधाई दिनुभएको छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ । सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशा…