रास्वपाबाट निकालिएका मुकुल ढकालद्वारा पुनर्बहालीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका डा. मुकुल ढकालले महामन्त्री र प्रवक्तामा पुनर्बहालीको माग राख्दै पुनरावेदन निवेदन दिएका छन् ।
आफूमाथिको कारवाही विधान विपरित रहेको दाबी गर्दै उनले त्यसलाई बदर गरी पुरानै जिम्मेवारीमा फर्काउन माग गरिएको निवेदन आज पुनरावेदन समितिमा दर्ता गरेका हुन् । ढकालको निवेदनमा स्पष्टीकरणको मौकासमेत नदिइ कारबाही गरिएको जिकिर गर्दै त्यो विधिसम्मत नरहेको उल्लेख गरिएको छ ।
सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएको भन्दै रास्वपाल…