पूर्वमन्त्रीलाई जेल सजायको आदेश
गुण्डा नाइकेको रुपमा परिचित गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङे जेल जाने भएका छन् । ज्यान मार्ने उद्योगमा उनलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले जेल सजाय सुनाएको छ ।
यसअघि उच्च अदालत पाटनले मनाङेलाई ५ वर्ष कैदको फैसला गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उच्चको उक्त फैसला सदर गरेसँगै उनी जेल जाने भएका हुन् ।
यो विवादमा मनाङे २०७५ पुसमा थुनामा बसेका थिए । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले …