विश्व बैंक र आइएमएफ कार्यालयमा मागपत्र बुझाउने तयारी
अन्तर्राष्ट्रिय जनअदालत (आइपिटी)को अगुवाइमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नागरिक आन्दोलन र संघ संस्थाहरुले नेपालस्थित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) कार्यालयमा माग पत्र बुझाउने भएका छन् ।
आज अपराह्न रत्नपार्कबाट शान्तिपूर्ण र्याली गर्दै दुबै कार्यालय पुगेर मागपत्र पेस गर्ने आयोजकले जनाएको छ । त्यसअघि दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराउने तयारी छ ।
आयोजक संस्था आइपिटीले अपराह्न ३ बजे रत्नपार्कस्थित शान्ति वाटिकामा भेला हुन सम्बन्ध…