अस्ताए ‘बसाइँ’ उपन्यासका सर्जक
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । उहाँको ९३ वर्षको उमेरमा भारतीय राज्य आसामको राजधानी गुवाहाटीमा निधन भएको छ ।
‘बसाइँ’ उपन्यास सर्वाधिक प्रख्यात हो । उहाँका अन्य कृतिमा अतृप्त र व्रह्मपुत्रको छेउछाउ उपन्यास, आसाममा नेपाली भाषाको साह्रोगाह्रो निबन्ध हुन् । क्षेत्रीले धेरै कथा र नाटक लेखेर नेपाली भाषा साहित्यमा ठूलो योगदान पुर्याउनुभएको छ ।
उहाँ नेपालको जगदम्बाश्री पुरस्कार र भारतको पद्मश्रीबाट पनि सम्मानित हुनुभएको थियो ।
टिप्पणीहरू