रूपन्देहीका पुराना कम्युनिस्ट एकै ठाउँ
नेकपा (एकीकृत समाजवादी) रूपन्देहीकाे जिल्ला अधिवेशन तयारी तीव्र पारिएकाे छ ।
चैत ९ र १० गतेका लागि तोकिएकाे अधिवेशनका लागि मूल आयोजक कमिटीको सचिवालय बैठक बसिसकेको बुझिएको छ । बैठकबाट जिल्ला कमिटी ५१ सदस्यीय बनाउन प्रस्ताव पेश गर्ने निर्णय छ । साथै अधिवेशनबारे चैत ७ गते पत्रकार सम्मेलन गर्ने निर्णय भएको कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए ।
पोलिटब्यूरो सदस्य तथा इन्जिनियर नन्दलाल बञ्जाडेको प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा केन्द्रीय सदस्य भगवती घिमिरे र बाबुलाल यादवको सहभागिता रहेको उपसचिव टंक पाेखरेलले जानकारी दिए ।
बैठकमा पाँच वटा उपसमितिका संयोजकहरूले प्रगति विवरण पेश गरेका थिए ।
टिप्पणीहरू