प्रतिगामी शक्तिविरुद्ध संघर्षको तयारी गर्दै एकीकृत समाजवादी
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला आजबाट शुरु हुँदैछ । अध्यक्ष माधवकुमार नेपालले काठमाडौंको बबरमहलमा उद्घाटन गर्नुहुने भेलामा पार्टीले मुलुकमा बढ्दै गएको प्रतिगामी शक्तिविरुद्ध संघर्षको तयारी गर्ने बताइएको छ । त्यस्तै गणतन्त्रको पक्षमा जनप्रदर्शन र मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा गरिँदै छ ।
भेलामा करिब एक हजार प्रतिनिधिको सहभागिता हुने बताइएको छ । त्यस्तै पार्टीका सबै कमिटीबाट प्राप्त सुझाव समेटेर समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजलाई पनि भेलाले अन्तिम रुप दिने छ ।
टिप्पणीहरू