प्रहरी हिरासतबाट भागेका थुनुवा अझै लापत्ता

प्रहरी हिरासतबाट भागेका थुनुवा अझै लापत्ता
सुन्नुहोस्

हिजो बेलुका प्रहरी हिरासतबाट भागेका थुनुवा अझै बेपत्ता छन् । अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका सिराहाको अर्नमा गाउँपालिकाका असलम मन्सुरीको खोजतलास भइरहेको छ । 

उनलाई अस्ति ईलाका प्रहरी कार्यालय, मिर्चैयाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमा रहेका उनी हिजो साँझ ६ बजेर २५ मीनेटमा फरार भएका हुन् । 

मन्सुरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले बताए । 

जनआस्थासँग उनले भने,‘अभद्र व्यवहारको कसूरमा उनलाई फागुन २८ गते पक्राउ गरिएको हो । प्रहरीको हिरासतमा रहेको अवस्थामा हिजो साँझ उनी फरार भएका हुन् । उनी अहिलेसम्म भेटिएका छैनन् । उनको खोजी भइरहेको छ ।’
 

टिप्पणीहरू