युथ सेलिब्रेसनका सहभागी भन्छन् : केपी ओली पहिले मनपर्थ्यो, अहिले अहँ
नेकपा (एमाले) माथि भृकुटीमण्डमा आयोजित युथ सेलिब्रेसनमा ‘निन्जा टेक्निक’ अपनाएको आरोप लागेको छ । कार्यक्रममा भीड देखाउन चल्तीका कलाकारलाई महंगो रकम तिरेर ल्याएको विपक्षीहरुको दाबी छ ।
कार्यक्रममा सहभागीमध्ये आधाभन्दा बढीले राजनीतिक हिसाबले नभई कलाकारलाई हेर्न भृकुटीमण्डप पुगेको बताउनुले पनि उक्त आरोपलाई बल पुगेको बताइन्छ । हुनत, कार्यक्रमको ढाँचा र स्वरुप कस्तो गराउने, त्यो आयोजक राष्ट्रिय युवा संघको निजी मामिला हो । तर, कार्यक्रममा उपस्थिति बढाउनकै लागि ना…