अदालतबाट आदेश भएको एक महिनापछि चुनाव

अदालतबाट आदेश भएको एक महिनापछि चुनाव

ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन वैशाख २० गते हुने भएको छ । निर्वाचन समितिले गत महिना स्थगित चुनाव उक्त मितिमा गर्ने निर्णय गरेको छ ।

यसअघि चैत १६ गतेका लागि तय भएको स्ववियु निर्वाचन स्थगित भएपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो । सोउपर चैत २५ गते सुनुवाई गर्दै अदालतले तत्काल चुनाव गराउन आदेश दिएको थियो ।

क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनको सहमतिमा वैशाख २० गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चुनाव गर्ने निर्णय भएको हो । जारी सूचनामा भनिएको छ, ‘अदालतको आदेशको सम्मान गर्दै यस क्याम्पसमा क्रियाशील विद्यालय संगठनहरुसहितको सहमतिमा मिति २०८२–०१–२० गते शनिबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन गर्ने निर्णय भएको जानकारी गराइन्छ ।’

टिप्पणीहरू