‘दुधमा तर नलागे’को यादवको दाबी

दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको बालाजु दुग्ध वितरण आयोजना प्रमुख इन्द्रभूषण यादवले जनआस्था साप्ताहिकमा प्रकाशित समाचारको खण्डन गरेका छन् । गत चैत २ गते जनआस्था डट कममा समेत प्रकाशित ‘दूधमा तर, उठाएर खानेकै भर’ शीर्षकको समाचारमा लगाइएका आरोपहरु झुठ्ठो रहेको उनको दाबी छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्डअनुसार परीक्षणपछि मात्र दूध वितरण हुने उल्लेख गर्दै उनले आयोजनामा कुनै किसिमको अनियमितता नभएको बताए । सबै आर्थिक कारोबार पारदर्शी रहेको उनको जिकिर छ ।
‘समाचारमा प्रमुख इन्द्रभूषण यादवले आर्थिक अनियमितता तथा भ्रष्टाचार गरेको दाबी गरिएको छ, जुन पूर्ण रुपमा निराधार हो । संस्थानको सम्पूर्ण आर्थिक कारोबार पारदर्शी रुपमा सञ्चालित भइरहेको छ र कुनैपनि अवैध कारोबार भएको छैन्’,उनले पठाएको खण्डनमा उल्लेख छ ।
टिप्पणीहरू