चितवनदेखि रुकुम पूर्वको टकसेरासम्म मोटरसाइकल यात्रा
चितवनमा अटोमोबाइल्स व्यवसाय सञ्चालन गरेर बसेका युवाहरु आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बाइक राइडमा निस्किएका छन् । भरतपुरबाट हिजो थालिएको उनीहरुको यात्रा जेठ १७ गते पूरा हुने छ ।
रुकुम पूर्वको एक हजार वर्ष पुरानो टकसेरा गाउँपालिकासम्म पुगेर फर्किने कार्यक्रम बनाइएको संयोजक अमृत जोशीले बताए । रुकुमलाई मुख्य गन्तव्य मानेर यात्रा थालेकाले ‘एक्स्प्लोरिङ रुकुम’ नाम दिइएको हो ।
जोशीका अनुसार नारायणगढदेखि पोखरा, बाग्लुङ हुँदै मध्यपहाडको आर्थिक मेरुदण्ड मा…