यत्तिकै देश बन्दैन,गफले चिउरा भिज्दैन
नेपालीमा एउटा उक्ति छ ‘गफले चिउरा भिज्दैन’ । यसको अर्थ चिउरा मीठोसँग खाने हो भने भिजाउन कि दही,दूध वा मोही नै चाहिन्छ । सयौं वर्षअघि यस्तो कथन बनेको बेला अहिलेको जस्तो चियाको चलन थिएन । उक्तिको चुरो अर्थ कुनै पनि कुरो व्यवहारमा आउन, प्रयोगमा ल्याउन गफले मात्रै हुँदैन भन्ने हो ।
हाम्रोमा सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म, अधिृकतदेखि सचिवसम्म सबैले गफ लगाउने काम सिवाय केही गरेको देखिँदैन । व्यवहारमा उत्रेर टोल, समाज, क्षेत्र, जिल्ला, प्रदेश,…