चीनकी चर्चित नशा वैज्ञानिकले छाडिन् अमेरिका

चीनकी चर्चित नशा वैज्ञानिकले छाडिन् अमेरिका

प्रसिद्ध स्नायु वैज्ञानिक तान याङले अमेरिका छाड्ने निर्णय गरेकी छन् । उनले आफ्ना श्रीमान् तथा सोही क्षेत्रका विज्ञ मु मिङ पुसँगै चीनको सेन्जेन मेडिकल एकेडेमीमा सिनियर प्रिन्सिपल इन्भेष्टिगेटरको रुपमा काम थाल्ने निधो पनि गरेकी छन् । 

साउथ चाइना मर्निङ पोष्टका अनुसार तान निन्द्रा विशेषज्ञ हुन् । ३५ वर्ष अमेरिकामा रहेकी र मानिसको मस्तिष्क तथा निन्द्राबारे अनुसन्धानमा केन्द्रित उनले अब आफ्नो अनुसन्धान सेन्जेन मेडिकल एकेडेमी अफ रिसर्च एण्ड ट्रान्सलेसन (स्मार्ट) मा वरिष्ठ अनुसन्धानकर्ताको हैसियतले केन्द्रित हुने बताइन् ।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेजमा सन् २०१८ मा उनी छानिएकी थिइन् । उनले मानिसको निन्द्रामा पार्ने विभिन्न असर,त्यसका समाधानका उपायबारे अनुसन्धान गरेकी थिइन् ।

पछिल्लो समय अमेरिका,अष्ट्रेलियालगायत मुलुकमा रहेका चिनियाँ मूलका वैज्ञानिक,सूचना प्रविधि विज्ञ,चिकित्सकहरु धमाधम मातृभूमि फर्कने क्रम बढेको छ । कतिपय व्यवसायीले अमेरिकाको आफ्नो लगानीलाई चीनसहित दक्षिण पूर्वी एसियाका भियतनाम,थाइल्याण्ड, सिंगापुर,मलेसिया,इण्डोनेसियामा स्थानान्तरण गरेका छन् ।

टिप्पणीहरू