नदीमा ‘खोला डन’ हरुको रजगज
रुपन्देहीमा सँधै विवादमा तानिने नदीजन्य पदार्थको उत्खनन् कार्य यसपटक पनि त्यस्तै भएको छ । विभिन्न गौरवको आयोजनाका लागि निकालिएको नदीजन्य पदार्थको दुरुपयोग हुने गरेको स्थानीयको आरोप छ । बुटवल–नारायणगढ सडक र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा निकालिएको नदीजन्य पदार्थ विभिन्न क्रसरहरुमा गएको बताइन्छ ।
जिल्लाको गैडहवा गाउँपालिका सूर्यापूराको भौगोलिक क्षेत्रभित्र पर्ने दानव नदीको विभिन्न घाटबाट निकालिएको नदीजन्य पदार्थ गौरबका आयोजनाको नाममा…