जसबारे हामी यतिमात्रै भन्न सक्छौं

जसबारे हामी यतिमात्रै भन्न सक्छौं

वैशाख २८ गतेको मितिमा प्रेस काउन्सिलबाट प्रेषित सम्झना अधिकारीजीको पत्र प्राप्त भयो ।

जसबारे हामी यतिमात्रै भन्न सक्छौं :-

१. निज सम्झना अधिकारी सामान्य गृहिणी र अधिवक्ता मात्र नभई सत्ताधारी दलको भ्रातृ संगठनका अध्यक्षकी जीवनसाथी हुन् । पति उच्च नेतृत्वमा भएको हुँदा, उनी व्यक्ति मात्र होइन पब्लिक फिगर र संस्थासमेत हुन् । 

२. पब्लिक फिगरले के–कसो गर्छ, के बोल्छ, रहनसहन, लवाइखवाइ कस्तो छ– समाजले ध्यानपूर्वक हेर्छ । निजकी श्रीमती पनि पब्लिक फिगर हुन् । 

३. सत्ताधारी दलको भ्रातृ संगठनमा दशकभन्दा लामो समय आबद्ध रहेको सचिवालय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा रहिसकेको मान्छे सामान्य भभई सार्वजनिक व्यक्तित्व नै हो । सामाजिक सञ्जालमार्फत् संगठन, सहकर्मी र समसामयिक स्थितिबारे सार्वजनिक रुपमा गरिने हरेक टिप्पणीलाई समाजले निगरानी गर्न पाउँछ, गर्छ ! र, सामाजिक व्यक्तिले समाजप्रति उत्तरदायित्व हुनैपर्छ । 

४. त्यसमाथि झन् कानुन व्यवसायीले कसको मुद्दामा बहस, पैरवी गर्छिन् विविध घटनाक्रमबारे के–कस्ता धारणा राख्छिन् भनेर समाजले नजर लगाइरहेको हुन्छ । मिडिया त झन् अपवाद बन्ने कुरै भएन । 

५.सामाजिक सञ्जालमा लेख्ने मात्र होइन, उहाँले बोल्ने गरेको विषयवस्तु बारे सर्वसाधारणले त लाइक कमेन्ट, शेयर गर्न पाउँछ भने प्रेसले उच्चारण गर्न नपाउनु त झनै अन्यथा हुन जान्छ । जनताले अडिट गरिरहेका हुन्छन् । 

६. पब्लिक डोमेनबाट आउने प्रशंसा र मर्यादित आलोचनालाई अन्यथा मान्नु हुँदैन । 

७. कसैको प्रतिरक्षाका नाममा अरुमाथि सार्वजनिक तवरबाट टिकाटिप्पणी गर्दा न्यायाधीशसामु वकिलको बहसलाई प्रतिवादीतर्फका वकिलले समर्थन वा खण्डन गर्ने अभ्यास छ । 
 

टिप्पणीहरू