गुरुराज घिमिरेलाई हराएकोमा 'डार्लिङ सांसद' लाई पछुतो

गुरुराज घिमिरेलाई हराएकोमा 'डार्लिङ सांसद' लाई पछुतो

कार्यकर्ता र शुभचिन्तक माझ डार्लिङ उपनामले प्रख्यात विराटनगरका काँग्रेस नेता अमृत अर्याल मोरङ-५ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । मोरङ काँग्रेसको दुई कार्यकाल नेतृत्व गरिसकेका उनी अनुभवी र चतुर नेताको रुपमा पनि चिनिन्छन् । लामो समय कोइराला क्याम्पमा रहेका र स्वार्गीय गिरिजाप्रसाद कोइरालाको नजिक रहेर काम गरेका आर्याल पछिल्लो समय भने देउवा क्याम्पमा पुगेका छन् ।

तर, त्यता पनि उनी सन्तुष्ट नरहेको हालै सार्वजनिक उनको एउटा अभिव्यक्तिबाट प्रष्टिएको छ । हिजो विराटनगरमा जिपि फाउन्डेसन लेबर च्पाप्टरले आयोजना गरेको लैगिक समानता सम्बन्धी एउटा गोष्ठिमा उनले देउवा गुटको निन्दा गरेपछि उक्त कुरा सतहमा आएको हो । 

काँग्रेस कोशीको सभापतिमा शेखर कोइराला पक्षका गुरु घिमिरेलाई हराएर कृष्ण सिटौलाका प्रिय उद्धव थापालाई जिताउन भूमिका खेलेको खुलासा गर्दै तर अहिले आफूलाई पछुतो लागिरहेको अर्यलाले बताएका थिए । संसदीय दलको नेतामा उनै थापासँग नराम्रोसँग पराजित हुन पुगेका उनी प्रदेश सभामा खासै बोल्दैनन् । जबकि पार्टी र संसदीय राजनीतिमा उनी थापाभन्दा अनुभवी मानिन्छन् । 

प्रदेश सभाको साढे तीन वर्षे अवधिमा अर्याल जम्मा एक पटक मात्र संसद बैठकमा बोलेका छन् । यसबारे कार्यकर्तामाझ उनी खुलेरै भन्छन्, 'संसदमा धेरै कुराहरु बोल्नका लागि हामीले जिम्मेवारी पाएका हौँ, तर पार्टीको यस्तो तालले गर्दा केही बोल्न पनि असमर्थ छौँ, चाहेर पनि सकेका छैनौँ ।'

संघीय सरकारप्रति शेखर कोइराला बिरक्तिएजस्तै प्रदेश सरकारप्रति अर्याल असन्तुष्ट छन् । संसदका दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको बलियो सरकारले चर्चायोग्य यौटै काम गर्न नसकेको उनले बताए । ‘सरकारमा कहाँ कस्को कहिले नियुक्त्ति भयो भन्नेसम्म पनि हामी केही थाहा पाउँदैनौँ । सबैकुरा समाचार पढेरमात्र थाहा पाउनुपर्ने अवस्था छ’, असन्तुष्टि जनाउँदै उनले भने । 

सांसद अर्याल देउवा क्याम्प छाडेर पूरानै गुटमा फर्किसकेका हुन् या हैनन् ? प्रस्ट खुलाएका छैनन्, तर हिजो उनले मनको बह खोलिरहँदा सँगै मञ्चमा रहेका उक्त कार्यक्रममा प्रमुख अतिथि डा. शेखर कोइराला चासोपूर्वक कुरा सुनिरहेका थिए ।

टिप्पणीहरू