ओलीसँग गोत्र मिलेकाले बलराम जोगिएको उपेन्द्रको दाबी
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको सगोत्री रहुञ्जेल भूमि व्यस्थामन्त्री बलराम अधिकारीले राजीनामा दिनुनपर्ने भन्दै कटाक्ष गरेका छन् ।
हिजोसम्म सरकारको सहयोगी रहेका उनले समर्थन फिर्ता लिएसँगै आज सामाजिक सञ्जालमा यस्तो कटाक्षपूर्ण टिप्पणी गरेका हुन् । मालपोत अधिकृतको सरुवा र भूमि आयोगको नियुक्ति दिलाउन भएको घुस ‘डिल’ को सन्दर्भमा उपेन्द्रले राजकुमार गुप्तालाई ‘मधेशी’ भएकै कारण राजीनामा दिन बाध्य पारिए…