को घाती अनि कोचाहिँ जनजाति ?
हालै नेपाल सरकारले रानाथारूलाई अलग्गै जातिको रूपमा सूचीकृत गरेको छ । तर, ०६५ चैतमा गठित मानवशास्त्री तथा प्राध्यापक डा. ओम गुरुङ नेतृत्वको कार्यदलले गरेको सिफारिसमा परेका कुलुङलगायत २४ जातिचाहिँ किन सूचीकृत हुन सकेनन् ? प्रश्न गम्भीर छ ।
०५२ मा प्राध्यापक सन्तबहादुर गुरुङको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलले ६१ जातिलाई जनजातिको सूचीमा राख्न सिफारिस ग¥यो । ०५८ मा ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ जारी भयो । उक्त ऐनबाट ६१ मध्ये ‘मनाङे’लाई हटाइयो भने चिमतन…