जीवन हो धरापमा पर्न सक्छ
बन्दाबन्दी घोषणा हुने निश्चित भएपछि शहरमा भन्दा गाउँमा ठीक होला भनेर चैत ८ गते भरतपुरबाट पहाडतिर लागें । त्यसदिन जनयुद्धकालदेखिकै कार्यकर्ता चेपाङ दाइको घरमा बास भयो । म पुगेकै दिन त्यहीं मकवानपुरका सचिव पनि आएका थिए । स्थानीय नेता पनि आए । हामी बसेको घरबाट लोथर खोलाको नागबेली आकृति मनोरम देखिन्थ्यो । लोथरपारि मकवानपुरका डाँडाहरु थिए । चैतको आधाआधी हुँदा पनि चिसो उस्तै थियो । त्यही बासमा भर्खरै जेलबाट छुटेका साथी, एकजना चिकित्सक र तीन जना पत्रकारसँग भेटघाट भयो ।…