दुई जना श्रीमानको जागिर गएको हैन !
झापास्थित गिरीबन्धु टि इस्टेटको अंश विवादमा क्षेत्राधिकार नाघेर झापा जिल्ला अदालतमा मुद्दा दर्ता भएको रहस्य ढिलोगरी खुलेको छ । एकजना अंशियार तथा सञ्चालक छत्रबहादुर गिरीले परिवारका अन्य अंशियार र कम्पनीका साझेदार समेतको जग्गा कब्जा गरेको विवाद शुरुमा कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेको थियो । गिरीले एकलौटी रुपमा चिया बगानको ५०० बिघा जग्गा बेच्न खोजेपछि उक्त उजुरी परेको हो ।
हदबन्दी छुट लिएको १०२ बिघा जग्गासमेत साझेदारलाई नदिई बिक्री गर्न खोजेको आरोपसमेत थियो । …