सेनाभित्र चाहिँ फाइल नखोल्ने सरकार ?

सेनाभित्र चाहिँ फाइल नखोल्ने सरकार ?

नेपाली सेनाको इञ्जिनियर विभाग प्रमुख सम्हाली गौरवमय तराई मधेस द्रुत मार्गको आयोजना प्रमुख रहेका प्राविधिक उपरथी कमलविक्रम शाह पञ्चायतकालीन सिडिओका छोरा हुन् । यिनी श्री केन्द्रीय एमइएसको कार्यालय प्रमुख (महासेनानी) हुँदादेखि पटकपटक स्थपती निर्देशनालयको निर्देशक रहँदासम्म चाकडी गरेको भरमा प्रा.सेनानी नितेश अमात्य, प्रा.सु. रामप्रसाद भण्डारीले ठेकेदारसँग मिलेमतो गरी इजिपी टेण्डरबाट खरिद गर्नुपर्ने एक करोडबराबरको फर्निचर कोटेशनमार्फत किन्दासमेत कुनै कारवाही भएन । सुवेदारसम्मकालाई मान्छे नगन्ने र सिनियरहरुलाई उपत्यकाबाहिर लखेट्ने प्रासु राजन गिरीजस्ता घरमा चाकडी गर्न पुग्नेलाई केन्द्रीय एमइएसमा काजमा राखिरहेकै छन् ।

गत वर्ष गरिएको सरुवामा प्रतिव्यक्ति २५ हजार उठाउने सेनानी युवराज थापालाई किन कारवाही नगरेको ? केन्द्रीय एमइएसका कार्यालय प्रमुख महासेनानी धर्मेन्द्रकुमार झा २५ वर्षसम्म विकास निर्माणमा बाटो काज खट्टिई पूर्णचन्द्र थापाको पालामा अनुसन्धानको दायरामा आएका तर फेरि तराई मधेश दू्रतमार्गमा खटाएर चोरलाई चौतारो बनाइँदैछ । 

झाले भ्रष्टाचार गरी कमाएको सम्पत्ति बुबा रमणको नाममा पास गर्ने र पछि आफ्नो नाममा बकसपत्र लिई पुख्र्यौली सम्पत्ति अंशबण्डाबाट आएको भन्ने गरेका छन् । सरकारी विद्यालयमा पढाउने शिक्षक रमणले कसरी देशैभरि ठाउँठाउँमा जग्गा खरिद गर्न सकेका होलान् ? यिनले गत वर्ष करोडौं खर्चेर छोरीको विवाह गरे, ज्वाईंलाई गाडी उपहार दिए, यत्रो रकम कहाँबाट ल्याए होलान् ?
धर्मेन्द्रले प्राविधिक सेनानी सुरजकुमार श्रेष्ठस“ग मिलेरै सरकारी रकम हिनामिना गरेका छन् ।

घरमा दैनिक ५/७ जवानलाई खटाउँछन् र कार्य जमदार केशरबहादुर बुढथोकीले चाहिँ हाकिमको घर घरमा ट्रेडम्यानहरु खटाई चाकडी पुर्‍याउने गर्दछन् । ट्रेड सिनियर प्राविधिक सुवेदारहरुले बाहिर ठेक्कापट्टा लिएर हामी तालिमे टोलीलाई खटाउँछन् । जवानको राशनबाट जम्मा गरिएको युनिट कल्याणकारी फण्डबाट गत वर्षको वार्षिक उत्सवमा फर्जी बिल मिलाई १० लाख खर्चेर २/२ पटक हेडक्वार्टरतिरका अधिकृत बोलाई भोज गरे । जवानलाई चाहिँ दिउँसो १ घण्टामा खाना खुवाएर लखेटे ।

यसबारे केसिसु पदमलाल भण्डारी किन बोल्दैनन् ? जवानलाई लाइनलाइनमा बोर्डको बुकमा दस्तखत गर्न लगाउने, बोर्डको निर्णय कोठामा बसेर ठोक्ने ? नपत्याए प्राविधिक अमल्दार धनकुमारी अधिकारीलाई सोधपुछ गर्दा हुन्छ । अधिकृतहरुले पार्टीमा खाएको रक्सीको फर्जी बिल बनाई जवानको राशनबाट जम्मा भएको रकम मनपरी खर्चिने हो ? सेना दिवस, शिवरात्रि होस् या घोडेजात्रा, ठेकेदारमार्फत कमिसन लिने र अहिलेसम्म उपत्यका नछोडेका ओभरसियर प्रा.सु. नवीन यादवजस्तालाई इस्टमेट र कार्यसम्पन्न बनाउन लगाउने गरेका छन् ।

इलेक्ट्रिसियन प्रा.सु. राजन गिरीजस्तालाई राखेका छन्, ६ वर्षसम्म प्रवन्ध बिल्लादार रही दुई महिनामात्र अगाडि प्रा.अम. किरण शाही कार्यरत रहँदा राशनको आम्दानी मासिक दुई लाख वा त्योभन्दा तल हुने अर्को प्रा.हुले बुझेको महिनाबाट ५–६ लाख पुग्ने यो के हो ? नेपाली सेनाले भोकेशनल तालिम भनी सिटिइभिटीका तालिम खोल्ने र आउटमा छाडी राशन फाइदा गर्ने ? 

छानबिन टोली गठन हुन्छ तर किन यिनीहरुलाई निलम्बन गरेर कारवाही गरिन्न ? सम्माननीय प्रधानमन्त्रीज्यूले ठुल्ठूला भ्रष्टाचारको फाइल खोल्दै हुनुहुन्छ । यस्तो गरिमामय इतिहास बोकेको पवित्र संस्थाभित्र यत्रो भ्रष्टाचारी मौलाउँदाचाहिँ किन केही कारवाही हुँदैन ? 

– प्रत्यक्षदर्शी, अधिकृत पदिक तथा अन्य दर्जाहरु
 

टिप्पणीहरू