अपराध र ट्रायलका सन्दर्भ अनेक
गृहप्रशासन र उच्च राजनीतिक नेतृत्व नै संलग्न रहेको नक्कली भुटानी शरणार्थी काण्डले एकातिर अन्तर्राष्ट्रिय क्षेत्रमा देशको साख गिरेको छ, अर्कोतिर विभिन्न नाममा वैदेशिक चासो र हस्तक्षेप बढिरहेको छ । भुटानी काण्डपछि यहाँको सुरक्षा र कर्मचारी संयन्त्रप्रति विश्वस्त नरहेको अमेरिकाका एक अधिकारीले हालैको नेपाल भ्रमणमा बुझ्नेगरी त्यसको संकेत दिए । दुई दिने भ्रमणका लागि गत बिहीबार काठमाडौँ आएका ग्लोबल एन्टी करप्सनसम्बन्धी अमेरिकी स्टेट डिपार्टमेन्टका संयोजक रिचार्ड नेफ्युले गृहमन्त्री र अख्तियार …