नेपालमा फेरि जन्मिएकै हुन् त कार्ल मार्क्स ?
धेरैलाई अनौठो र अप्रत्यासित लाग्ने गरी गठबन्धन सरकार ढलेको छ र नयाँ वाम गठबन्धन बन्न गएको छ । यो गठबन्धनप्रति भारतीय सञ्चारको रोइलो हेर्न लायक छँदैछ । यसको पृष्ठ भागका कारणहरु उधिन्ने प्रयास यो आलेखमा गरिनेछ ।
नेपालमा कम्युनिष्ट र कांग्रेस जनमत जनस्तरसम्म विभाजित छ । निर्वाचनमा कम्युनिष्ट जनमत कांग्रेसतिर र कांग्रेस जनमत कम्युनिष्टतिर जाँदैन । स्वार्थप्रेरित भएर नेताहरु मिले भने पनि जनता मिल्दैनन् । यो जमिनी यथार्थको प्रभाव पार्टीको माथिल्लो तहसम्म परेको छ । यो जनमतले वा…