साप्ताहिक समाचार

​जिल्ला बढाउने कि किल्ला लडाउने ?

फेरि पनि संविधानको व्यवस्था र कार्यान्वयन प्रक्रियामा जटिल मोड आएको छ । धारा ५६ को उपधारा ३, अनुसूची ३ मा सात वटा प्रदेशको परिकल्पना छ । संविधान जारी हुँदाका बखत कायम ७५ जिल्ला यथावत रहने भनिएको छ । स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत कायम भएको जिल्ला हो, ७५ । तर, हालै निर्वाचन सम्पन्न भएका ४, ५ र ६ नम्बर प्रदेशका दुई जिल्ला फुटेका छन् । जस्तो कि, नवलपरासी र रुकुम । आधा नवलपरासी ४ र आधा ५ मा, आधाभन्दा बढी रुकुम ५ र केही भाग ६ मा । ती जिल्लाका सबै तहमा स्थानीय निर्वाचन सम्पन्न…