क्वाप्लाक्कै पार्ने को–को हुन् कमिशनखोर ?
नेपालको सिंगो राजनीति र सत्ताको उलटपुलटसम्म कमिशन एजेण्टहरूको भूमिका फेरि एकचोटि चर्चाको केन्द्रमा छ । बिचौलियाकै खेलोमा पिसिएर सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बहिर्गमित हुनुपरेको छ । तर, यो शृंखला नयाँ होइन ।
सूचनाको हक र वाक् स्वतन्त्रता हरण गरिएको पञ्चायती व्यवस्थामा दरबार र तिनका दूतहरूले कहाँ, कति कमिशनको खेलो चलाए ? महाराजाधिराजदेखि महारानी र भाइ–भारदार अनि अंगरक्षकसम्मले चलाएका कमिशनकाण्ड कतिपय छरपष्ट भए, कतिपय गर्भमै लुके । दरबारकाण्डमा राजपरिवार सोत्तर भएसँगै व्…