डामिएरै खुम्चिने भयो किचेन क्याबिनेट
यसै त बालुवाटारको घेरा सँधै सानो छ । सत्तामा पुगेको बेला ह्वात्त बढ्ने किचेन क्याबिनेटका सदस्यहरूलाई यसपटक भने केही न केही झ्याउलो आइलागेको छ । प्रधानमन्त्रीका अति निकटस्थहरू विभिन्न काण्ड र घटनामा डामिएरै सकिने हो कि भन्ने चिन्ता यतिखेर बालुवाटारमा बढेको छ ।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री सुरक्षण प्रेस खरिद प्रकरणमा मुछिएपछि दुई महिनादेखि बालकोट र सामाजिक सञ्जालमा सक्रिय छन् । भक्तपुरकै सांसद महेश बस्नेत र तनहुँका किसन श्रेष्ठ तथा सचिवालयका केही मानिस यतिखेर समाज…