कोशी विरोधीहरुको शक्ति प्रदर्शन, सडकमा युवा दस्ता छपक्कै
कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन चर्काइरहेका पहिचानवादीहरुले आज खोटाङमा शक्ति प्रदर्शन गरेका छन् । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन थालिएको दबावमूलक आन्दोलनलाई सशक्त बनाउन भन्दै ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सदरमुकाम दिक्तेलमा मोटरसाइकल र्यालीसहित शक्ति देखाएको छ ।
समितिको युवा परिचालन उपसमितिको आयोजनामा शुभम फाउण्डेसनबाट किरात चोक, त्रिवेणी चोक, हाटडाँडा हुँदै भवनगैरासम्म मोटरसाइकल र्यालीसहितको प्रदर्शन गरिएको हो । र्…