सिंहदरबारमा भूमि आयोगका अध्यक्ष र बंगलादेशका राजदूतको छुट्टाछुट्टै भेटघाट

सिंहदरबारमा भूमि आयोगका अध्यक्ष र बंगलादेशका राजदूतको छुट्टाछुट्टै भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भूमि आयोगका केन्द्रीय अध्यक्षले भेट गरेका छन् । प्रधानमन्त्रीसँग भेटवार्ता गर्न अध्यक्ष केशव निरौला दिउँसो ३ बजेको समयमा सिंहदरबार पुगेका थिए । 

उनी भेटघाटपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साढे ३ बजेतिर बाहिरिएको बताइन्छ । 

सोही समयमा परराष्ट्रमन्त्रीसँग नेपालका लागि बंगलादेशका राजदूतले भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउद र राजदूत सलाउद्धिन नोमन चौधरीबीच मन्त्रालयमा दिउँसो सवा ३  बजेदेखि आधा घण्टा कुराकानी भएको हो ।

टिप्पणीहरू